• 8:30 am

पशुचिकित्सा एवंम् पशुविज्ञानको सामाजिक महत्व पशुडाक्टर कि पशुहरुका डाक्टर ?

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०१:१८

डा. केदार कार्की
काठमाडौँ :
के पशुचिकित्सक रहित विश्वको कल्पना गर्न सकिन्छ ? पहिलो एडवार्ड जेनरले एउटा बिफरबाट ग्रसित बच्चलाई गाइको विफरको विषाणुहरु लगाएका थिए जसका कारण मानिस एवंम् पशुहरुमा टिका करण ( खोप लगाउने) शुर भयो । यस प्रकार रोग बाहजनीत रोगहरुको रोकथाम एवंम् नियनत्रणको अनुलनीय खोज पनि पशुचिकित्सकहरुले गरेका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसहरुमा लगभग १७ प्रतिशत संक्रामक रोग बाहेकहरु बाट फैलिन्छन् । पशुहरुबाट मानिसहरुमा फैलिने रोगहरलाई पनि पशुले मानवीय सेवामा लगातार प्रयासरत छन् । अतःपशुचिकित्सक.रहित विश्वको कल्पना नै गर्न सकिन्न ।



विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो सुचनीय खाद्यजनित पशुजन्य संक्रामक रोगजनकहरुबाट सदुपित भएको खाद्यपदार्थहरुको माध्यमबाट फैलिने गर्दछन् । यस प्रकारका प्रकोपको जाँचमा पशुचिकित्सा सेवाहरु महत्वपूर्ण भूमिकानिर्वाह गरेको हुन्छ । चिनी बैज्ञानिक एकेडेमीका अनुसार खाद्य आहार जनित पशुजन्य रोगहरुसँग लडनका लागि कारगर निगरानी प्रणाली जोखिम मूल्याङ्कन एवम् उचित प्रवन्धन प्रणालीको स्थापना गरिनु पर्दछ । यसको अतिरिक्त प्रभावी रोकथाम र नियन्त्रण रणनीतिहरु विकशित गर्नका लागि जनस्वास्थ्यकर्मीहरु, पशुचिकित्साकमीहरु तथा खाद्य सुरक्षा विशेषज्ञहरु बीच रचनात्मकवार्ता एवंम् सहयोग आवश्यक हुन्छ । पशुचिकित्सक एक श्रृङ्खला जस्ता हुनजसले ज्ञान विशेषज्ञताको मापदण्डका आधारमा पशुहरुको स्वास्थ्य एवम्ं तिनको कल्याण र जनस्वास्थ्य परीक्षण गर्दछन् । दूध, फूल तथा मासु मानवीय आहारका अंग हुन् ।



राम्रो पशु कल्याण राम्रो खाद्य सुरक्षाको प्रतिक मानिन्छ । सार्वजनिक जनस्वाथ्य पशु स्वास्थ्य तथा पशु कल्याण वास्तवमा एक अर्कासँग जोडिएका छन् तथा यसका लागि समग्र दृष्टिकोणको आवश्यकता छ । उदाहारण स्वरुप तनावग्रस्त पशुहरुमा रोगहरुबाट संक्रमित हुने अधिक सम्भावना रहन्छ जसका लागि पशुचिकित्सा उपचराको आवश्यकता पर्दछ । कुनै पनि प्रकारको तनाव पशुजन्य उत्पादनहरुमा अवशेषहरुको उपस्थितिमा बृद्धि गराउँछ जुनजनस्वास्थ्यलाई प्रभावित गर्न सहायाक मानिन्छ । यस प्रकारले हेरियो भने यो उदाहरण पशुकल्याण, पशुस्वास्थ्य र सार्वजनिक जनस्वास्थ्यको बीचको सम्बन्धमा प्रकाश पार्दछ ।



पशुपालकहरुको जिम्मेवारी छ कि तिनका पशुजन्य उत्पादनहरु झारपात नाशकहरु, किरा फट्याङ्ग्रानाशकहरु तथा पशुचिकित्सा औषधिबाट अवेशष मुक्त होस् । यसका साथै तिनले यो सुनिश्चित गर्नु पर्छ कि पशु स्वास्थ्य, पशुकल्याण या पशुजन्य संक्रामक रोगहरुसँग जोडिएको जोखिमलाई मात्र विशेषरुपले तयार गरिएको पशुस्वास्थ्य योजनाको अन्तरगत नै यी योजनाहरुलाई तयार गरी उपभोक्ताहरुलाई आश्वस्त गर्न सक्दछन् । यसमा कुनै सन्देह छैन कि पशुहरु एवंम् मानिसहरुमा रोगाणु रोधी औषधिहरुको प्रयोग हुन्छ तर हामीले पशुहरु एवं मनवीय कल्याणलाई पनि विर्सन हुन्न । यसैले पशुहरुमा रोगाणुरोधी औषधीहरुको उपयोग सिमितगर्नका लागि पशुचिकित्सकहरु सक्रियरुपबाट विभिन्नप्रकारका यो सुनिश्चित गर्न सकियोसकी पशुपालका विभिन्न मोडेलहरुलाई राम्रो पशुकल्याणको सुनिश्चितताको लागि अनुकुलित गर्न सकियोस् ।



धेरै पटक लोग्ने–स्वास्नीको झगडाको परिणाम केटा केटीहरु तथा पाल्तु पशुहरुले भोग्नु पर्ने हुन्छ । यो झगडा अघि बढ्दा हिंसात्मक रुपधारणा गर्दछ जसले गर्दा लोग्ने वा स्वास्नीले केटा केटीहरु वा पाल्तु पशुलाई कुट्न शुरु गर्दछन् । यसैले भनिन्छ कि निर्धोको कुनै बल पुग्दैन । यी असाहाय केटा केटीहरुले आफ्नो रिस घरको भाँडाकुँडा वा साना पाल्तु पशुहरुमा थियो । जुन ठूलो भएर अझ बढी हिंसात्मक प्रबृत्ति देखाउन सक्दछन् । यसैगरी जब एउटा प्रौढलाई रिस उठ्छ तब उसले आफ्नो पाल्तु पशुलाई यसरी कुट्न थाल्दछ कि कति पटक त पशुको मृत्यु समेत हुन्छ । कुनै पनि प्रौढको रिसको सामना दूधालु पशुहरु खासगरी पहिलो बेतका पशुहरुलाई जब दुध दुहुने बेल दिक्क लगाउँछन् व्यहोर्नु पर्ने हुन्छ । यस्ता पशुहरुमा डर, त्रास उत्पन्न हुन्छ जसले गर्दा तिनमा संक्रमण हुने खतरा पनि बढेर जान्छ । संक्रमित पशुको दुधमा रोगाणु उत्सर्जित हुने हुनाले आहार श्रृङ्खला प्रदूषित हुने जोखिम पनि बढेर जान्छ ।



पशुहरु प्रति हिंसात्मक व्यवहार गर्ने मानिसमा अन्य मानिस प्रति हिंसात्मक गर्ने प्रबृत्ति हुने गर्दछ यस्तो धारणा मनोविदहरुको रहेको छ । यी मापहलाहरु बढी प्रभावित हुन्छन् । यी पिडित हुने महिलामा पनि १८ देखि २४ वर्षका अन्तरंग महिला साथी नै सबैभन्दा बढी प्रभावित हुने गर्दछन् । यो विश्वास सत्य सिद्ध छ कि एउटा हिंस्रक व्यक्तिले कयौं पशुहरु तथा मानिसहरुलाई पनि हानी पु¥याउन सक्दछ । एउटा आश्रय गृहमा सहारा लिएका ३८ पिडित महिलाहरुमा गरिएको सर्वेक्षणमा ७१ प्रतिशत महिलाहरुले बताएका छन् कि तिनका साथीले आफ्नो पाल्तु जनावरलाई पिट्ने गर्दथ्यो या तीनलाई घाइते बनाउँथ्यो या एउटा दुईटा लाई मारी दिने गर्दथ्यो । यस्ता प्रकारको कयौँ अध्ययनमा पशुहरु प्रति हिंसा भएका मानिसहरुमा अन्य मानिस प्रति हिंसा प्रदर्शन गर्ने जोखिम बढी देखिने गरेको पाइन्छ । एउटा पूर्ववर्ती अध्ययन जसमा कैदमा राखिएका अपराधिहरुको इतिहासको जाँचमा पाइयो कि यी कैदीहरुको बाल्यकाल र किशोर अवस्थाको बेला प्रायजसो पशुहरु प्रति हिंसाको लामो इतिहास थियो ।



पशुचिकित्सकहरु पशु क्रुरता मामिलाहरुको जाँच पिडित तथा अभियोजन पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यिनले संदिग्ध पशु दुव्यवहारको सम्बन्धमा संवाददाताहरुको रुपमा काम गर्दछन् र चिकित्सकीय जाँचको बेला परिक्षक तथा परिक्षणको बेला विशेषज्ञको साक्षी हुने गर्दछन् । केही मानिसहरुमा पशुहरु प्रति क्रुर हुने सम्भावना पनि हुन्छ । यसैले जाँचको बेला पशु चिकित्सक पशुहरु प्रति क्रुरताको साक्षीतथा त्यस लाई पहिचा नगर्ने विशेष स्थितिमा हुन्छ । यसरी हेरियो भने देषिलाई सजाय पाउने डरले पशुप्रति क्रुरता कम हुन सक्दछ साथै पशुचिकित्सक आम मानिसलाई पशुहरु प्रति उदार रवैया अपनाउनका लागि प्रेरणा श्रोत हुन्छन् तथा भविष्यमा घटन सक्ने हिंस्रक अपराधलाई कम गर्न सहयोगी बन्न सक्द छन् ।



पशु चिकित्सकहरुले पशुपालकहरुलाई आफ्नो फार्म गोठमा पशुहरुलाई दिइने औषधिहरुको सही अभिलेख राख्नको लागि प्रेरित गर्दछन् जसनले गर्दा पशुजन्य उत्पादनहरुमा यी औषधिहरुको अवशेष नजाओस । औषधिहरु प्रति रोग प्रतिरोधकताका कारण औषधि प्रतिरोधक रोगाणु पशुजन्य खाद्य उत्पादनहलाई संदुषित गराउँदछन् जसलाई पशु चिकित्सकको सहायताले मात्र उचित औषधिको प्रयोगले हटाउन सकिन्छ । यसरी हेरिने हो भने पशु चिकित्सक पशुपालकहरुको माध्यमबाट पशुजन्य उत्पानहरुलाई सुरक्षित राख्दछन् । यस शताब्दीको आरम्भमा गम्भीर तीब्र गति संक्रमण प्रशारण रोगहरु अर्थात सार्स, एभीएनइन्फ्लुएन्जा, एच ५ एन र अन्य मानिसहरुमा उत्पादित अन्य पशुजन्य महामारीहरुले मानिहरुमा एवम्ं संग्राहक पशुहरुमा महमारीको रोग कारकको सम्बन्धतर्फ ध्यान आकर्षित गरेको छ । कोभिड–१९ को बारे चर्चा गर्न हतार नगरौं । यी महामारीहरुले एक स्वास्थ्यको सिद्धान्तहरु लागु गर्ने बहुआयामी कार्यदलहरु द्वारा यस्ता रोगहरुको वैश्वीक नियन्त्रणलाई कार्यान्वयनलाई प्रेरित गरेको छ ।


यसै गरी एक विशव एक स्वास्थ्यलाई सकारात्मक रुपले अवश्य नै सोच्नु पर्ने हुन्छ ।, यदि ऐतिहासिक तथ्यहरुलाई सकारात्मक रुपले प्रतिविम्बित गरियो भने यो स्वयमसिद्ध होला कि आजको पशुचिकित्सा व्यवसाय तथा भविष्यमा एक स्वास्थ्यको नीतिहरुमा राम्रो तरिकाले प्रशिक्षित हुनु पर्नेछ । एक स्वास्थ्यको जटिल चुनौतिहरुलाई समाधा नगर्नका लागि बहुआयामी दुष्टिकोणहरुको बलियो पैरवी गर्नु पर्ने तथा निर्णायक नेतृत्व प्रदान गर्नु पर्ने छ । एक स्वास्थ्यको नियमहरुलाई पूरा गर्नमा पशु चिकित्सा व्यवसायको अनुक्रिया भविष्यको लाग एक टिलमस परीक्षण जस्तो हुनेछ ।



पशु चिकित्सकहरु पशुहरुमा आहारिय जनित रोगहरु जस्तै कि विभिन्न प्रकारका तत्वहरुको कमी अथवा विषाक्तता आदिको लक्षणहरुसँग राम्रोसित परिचित हुन्छन् । तसर्थ आआरीय जनित रोगलाई उचित आधर प्रवन्धनद्वारा नियन्त्रित गर्नमा सक्षम हुन्छन् । पशुजन्य उत्पादनमा कुनै झारपात नाशक, किटनाशकहरुको अवशेषहरुबाट उत्पन्न पहिचान गरेर प्रभावित पशुको दूध, फूल, मासुलाई मानवीय सेवनको लागि बर्जित गर्ने जसले गर्दा सम्बन्धित परिवार यसको दुष्प्रभावबाट बच्न सकुन तथा जनस्वास्थ्य सुरक्षित गर्ने काममा पशुचिकित्सकले महत्वपूर्ण भूमिका खेल्दछन् । साथै पशुपालकहरुलाई घाँस तथा कृषिका अनय उप–उत्पादनमा भएको विषलु पदार्थको उपभोग गर्नबाट बच्न सल्लाह पनि दिन्छन् । यस प्रकारले हेरियो भने पशुचिकित्सकहरु एक विशव एक चिकित्सा तथा एक स्वास्थ्यको परिकल्पना पूरा गर्नमा सक्षम छन् भन्न सकिन्छ । त्यसैले एक स्वास्थ्य हासिल गर्नका लागि एक मञ्चमा सम्बन्धित सबै विभागीय निकाय आउन आवश्यक छ ।



पशुचिकित्सा अनुसन्धान अन्र्तगत पशुहरुका रोगहरुको रोकथाम, नियन्त्रण निदान एवम् उपचार माथि अनुसन्धा नगर्न सकिन्छ । यसका सार्थ पशु चिकित्सा अनुसन्धानमा पशुहरुको मूलभूत जीवविज्ञान, कल्याण एवम् हेरचाहबारे पनि अनुसन्धान गरिन्छ । पशुहरु, जनसमुदाय, एवम् पशु, मानव दुवैमा चिकित्सीय अनुसन्धान गर्न सकिन्छ । जसमा खाद्य सुरक्षा, वन्यजन्तु तथा पारिस्थितिक, जनस्वास्थ्य, पशुजन्य रोग तथा सार्वजनिक नीति आदि सामील छन् । यस प्रकारले पशुचिकित्सा अनुसन्धानमा प्रजातिहरुको सिमाभन्दा बाहिर पनि काम हुने गर्दछ ।



पशु आहामा अवस्थित घातक तत्व तथा रोगाणुहरु पशुजन्य उत्पादनहरु, दूध, फूल, मासु आदिमा जानाले खाद्यआहार श्रृङ्खलामा प्रवेश गर्नाले जनस्वास्थ्यलाई क्षति पु¥याउँछ । कृषिमा उपयोग गरिने रसायन घाँस, पराल, दानाको माध्यमबाट पशुहरुको शरीरमा प्रवेश गर्दछ जनु अन्ततःदुध, फूल, मासु आदि पदार्थको माध्यमबाट खाद्ययआधार श्रृङ्खलामा पुगेर जनस्वास्थ्यलाई प्रभावित गर्दछ । यसै प्रकारले सालमोनेला जस्ता केही रोगाणुहरु पनि दानाको संदुषणबाट जनखाद्यय आधार श्रृङ्खलामा प्रवेश गर्दछन् यी सबैको रोकथाम एवम्ं नियन्धणमा पशुचिकित्सकको भूमिका रहन्छ ।



पशु चिकित्सकहरु विरामीहरुको रोग पहिचान गर्न प्रशिक्षित हुन्छन् । पशुजन्य रोग महत्वपूर्ण छन् युन पशुहरुबाट मानिसमा सञ्चारित हुन्छन् । दाद, लुतो जस्ता रोग पशुहरुसँग सिधा सम्पर्क गर्नाले फैलिन्छ । पीत ज्वरो बाँदरलाई लामखुट्टेले टोक्दा सर्छ । वर्डफ्लू, प्लेग, सिटेकोसिस पशुहसँग निकट सम्पर्कबाट फैलिन्छ । बोभाइन स्पोंजिफोरम, इन्सेफलाइटिस, ई. कोलाई, सालमोनेला एवम् एनथ्रेकस इत्यादी संदुषितभोजन खानाले फैलिन्छ । रेविज कुकुर, विरालोले टेकदा फैलिन्छ । यदि पशुहरुलाई कुनै रोग लाग्यो भने पशु चिकित्सकले त्यस रोगलाई पुष्टि गर्नका साथ–साथै नियन्त्रण पनि गर्दछन् । नेपालमा २००८ मा पहिलो पटक देखिएको कुकुरामा वर्डफ्लु, त्यसपछि देखिएको बेला नियन्त्रण गरेको कुरा यसको ज्वलन्त प्रमाण अझै पनि छ । यसका साथै यो पनि सुनिश्चित गर्दछन् कि रोगाणु दुध, फूल, मासुका माध्यमबाट आहार श्रृङ्खलामा प्रवेश नगरोस् । यदि रोगाणु आहार श्रृङ्खलामा प्रवेश गरेमा रोग नियन्त्रण पछि पशुचिकित्सकले यो रोग नियन्त्रण पछि पशुचिकित्सककले यो पुष्टी गर्नछन् कि अब रोगाणु आआर श्रृङ्खलामा छैनन र यो मानवीय भोजनका लागि ठीक छ ।
विलुप्त वन्यजन्तु पूजातिहरु एउटा चिन्ताको विषय भएको छ ।


तिनलाई प्रति स्थापन गर्नु अति आवश्यक छ । अन्यथा यस्ता प्रजातिहरु विलुप्तहुने छन् । यी गम्भीर रुपबाट लुप्त प्रायप्रजातिहरुको प्रतिस्था पनि माबनिय आवादिलाई स्थीर गर्न बन्द आश्रय ग्रहमातीनको प्रजनन् तथा चयनीत ठाउँमा तिनलाई पुनः तीनको बनीय क्षेत्रहरुमा छोड्ने प्रयासमा स्थानीय व्यवस्थापन सामेल गरिनु पर्दछ । यस्ता कार्यक्रमका लागि पशु चिकित्सकीय सल्लाह सहायता भनेजन तथा कार्यान्वयन पहलुहरुमा एक अभिन्न अंग हुनु पर्दछ । उचित मानकृत प्रविधिहरुको सहायताले बन्दी गृहहरुमा यी विलुप्त प्रायः वन्यजन्तुहरुको घट्दो आवादीका समस्याहरु माथि सफलता पाइएको छ । यस्तो हालतमा विशेष उपकरणहरुको माध्यमबाट यी पशुहरु माथि निगरानी राखिन्छ र पत्ता लगाइन्छ । पशु चिकित्सक पशु चिकित्सामा निपूर्ण हुनुका साथ साथै पशुविज्ञानमा पनि निपूर्ण हुन्छन् । यसैले उनीहरु पशुपालका अनेक गतिविधिहरुमा दक्षता पूर्वक सम्पाद नगर्न सक्दछन् ।



पशु चिकित्सकले पशुपालकहरुलाई पशुहरुको उचित हेरचाह गर्नका लागि प्रेरित गर्दछन् ताकि आसमयमा नै तिनको हुनै पशुको मृत्यु नहोस् । बेला बेलामा पशुचिकित्सक पशुपालकहरुसँग संगोष्ठिहरु गर्दै रहन्छन् तथा तिनलाई पशुपालनबारे ज्ञानवर्धन गराउँछन् । पशुधनलाई घातक विमारीहरुबाट बचाउनका लागि बेला बेलामा रोग प्रतिरोधात्मक खोप लगाउँछन् यस प्रकारले पशुचिकित्सकले पशुपालकको पशुधनलाई रक्षागर्दै तिनको आजीविकामा बढोत्तरी गराउँछन् ।


पशुधनको गुणबत्तामा लगातार प्रयासरत पशु चिकित्सक पशुपालकहरुको पशुहरको गुणवत्ता सुधार जस्तो कृत्रीम गर्भाधानको कार्य गर्दछन् जसबाट तिनको पशुहरुको उत्पादन पढोस् र पशुपालक सदैव राम्रो आजीविकातर्फ अग्रसर रहुन् । समय अनुसार यदि पशुपालकलाई धनको आवश्कयता परेमा तिनले आफ्नो पशुधन बेचेर धन आर्जित गर्न सक्दछन् । त्यसैले भनिन्छ भुर्राजर्सी, बाखरी, धराने बंगुर, कुखुराको गोठ, दुध, फूल, मासु, बेच्दा नोटैनोट । तर समाजमा अझ पनि भनिन्छ जाबो पशु डाक्टर तर यथार्थमा भने यी पशुकर्मी पशुहरुका मूल्यवान डाक्टर हुन् आधुनिक समाजमा ।

प्रतिकृया