• 3:26 pm

दीप श्रेष्ठ अस्वस्थ भएपछि भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०१:०३

काठमाडौं : गायन रियालिटी सो भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राईले कार्यभार सम्हालेका छन् । अर्का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट कोच चुनिएका हुन् ।


कोरोनाभाइरस संक्रमण निको भएर घरमै स्वास्थ्य लाभ गरिरहेका दीप श्रेष्ठले केही समय आराम गर्नुपर्ने भएकाले राईलाई कोचमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।


भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् । कोचको कुर्सी गह्रौं हुने भएकाले नडराइकन निर्णय पनि उनले भनेका छन् । कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रतिकृया