पशुपतिमै बेहाल १६ सय बर्ष पुरानो मूर्ति (भिडियोसहित)
प्रकाशित मिति
२०७८ असार ११ गते, शुक्रबार ०९:०८

काठमाडौँ : गौशालावाट एयरपोर्ट तर्फ जाँदैगर्दा बाग्मती नदी तरेपछि तिलगंगा पुगिन्छ । तिलगंगाको बाँया पट्टीवाट एउटा तीन फिटेबाटो पशुपतिनाथ मन्दिरतिर लाग्छ । त्यहीवाटो पस्नेबित्तिकै देखिन्छ यो मन्दिर । सानो वाटोमा भएको हुनाले मान्छे हिड्नेक्रममा नै मूर्तिलाई लात्ती लाग्न सक्छ । तर, यसको महत्व बुझेकाहरुको भने स्रद्धाले टाउको निहुरिन्छ । यस फोहोर गनाउने ठाऊँमा पाँचौं शताब्दीको सुन्दर मूर्तिकला रहेको छ भन्दा जो कोहीलाई पत्याउन गारो पर्छ ।
मानदेव नेपालको इतिहासमा सवैभन्दा पुरानो प्रमाणित राजा हुन् । पाँचौं शताब्दीमा निर्मित यो त्रिबिक्रमको मूर्ति उनै पुराना राजा मानदेवले निर्माण गरेका हुन् । ऊवेला धार्मिक कथाहरुको बर्णन मूर्तिकलावाट गर्ने चलन थियो । सोही अनुसार यस मूर्तिमा भगवान विष्णुको बामन अवतारको बर्णन गरिएको छ । त्रिबिक्रमको रुप देखाउनु अघि बिष्णु बामनको रुपमा प्रकट भएका थिए ।
थप स्टोरी हेर्नुहोस् भिडियोमा
प्रतिकृया