माधव नेपालको टिप्पणी : कोर्स करेक्सन गरेर आए केपी ओलीलाई पनि स्वागत गर्न सकिन्छ
प्रकाशित मिति
२०७८ असार १० गते, बिहीबार ०४:५३

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा अघि बढेको टिप्पणी गरेका छन् । तर, कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने नेपालको धारणा छ । आज (बिहीबार) संसद् भवनस्थित् ल्होत्से हलमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता नेपालले अोलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्न सकिने बताउँदै भने,मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’
उता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको गरेको टिप्पणी गरे । उनले ओलीले ज्ञानेन्द्रको सिकेर अध्यादेशमार्फत शासन चलाउने काम गरेको भन्दै विरोध गरे । उनले भने,‘ओली संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेका छन् ।
प्रतिकृया