• 4:36 pm

२३ किलो सुन तस्करी प्रकरणमा १८ करोड ६५ लाख बिगो माग गर्दै बुवाछोरीबिरुद्ध मु्द्दा दायर

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार ०४:०७

काठमाडौं : वीरगञ्ज वीरगञ्जको एक अपार्टमेन्टबाट बरामद गरिएको २३ किलो सुनको तस्करीमा संलग्न रहेको आरोपमा बाबुछोरीबिरुद्ध १८ करोड ६५ लाख बिगो माग गर्दै मुद्दा दायर गरिएको छ।


वीरगञ्जस्थित अपार्टमेन्टको फ्ल्याट नम्बर ३०३ खरीद गरी बसोबास गर्दै आएकी निवेदिका सिन्हा र उनका बुबा भारतीय नागरिक अशोककुमार सिन्हा विरुद्ध सुन तस्करीमा संलग्न रहेको भन्दै बिगोसहित जरिवाना र कैद माग गर्दै मुद्दा दर्ता गरिएको हो। सिन्हा सिंहपुर, रक्सौल, पूर्वी चम्पारण, भारत स्थायी निवासी हुन्।


दुबै जना बिरुद्ध उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा बुधबार मुदा दर्ता गरिएको राजश्व अनुसन्धान विभागका सुचना अधिकारी भबिश्वर पाण्डेले जानकारी दिए।


‘दुबै जना बिरुद्ध अदालतमा बिगो माग दाबीसहित मुदा दर्ता गरिएको हो,’ पाण्डेले भने।


गत बर्षको कात्तिक १ गतेका दिन वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी टोलमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरको फ्ल्याटबाट पर्सा प्रहरीले छापामारी अवैध रुपमा भारतबाट ल्याइएको करिब २३ किलो ९२२९५७.४८ ग्राम० सुन र १०७८.०० ग्राम चाँदीका गरगहनाहरु बरामद गरेको थियो। गत बर्ष नै बरामद गरिएको सुन दाबी गर्न हालसम्म पनि कोही आएका छैनन्।

प्रतिकृया