युवा संगठन वाई.सि.एलद्धारा राहत वितरण
प्रकाशित मिति
२०७८ असार ९ गते, बुधबार ०६:१४

रिता नेपाल
चितवन : नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाई.सि.एल. नेपालको माडी नगर कमिटिले माडीका विभिन्न गाउँहरुमा राहत स्वरुप खाद्यान्न वितरण गरेका छन्।
निशेधाज्ञाका कारणलामो समय देखि जनजीवन प्रभावित भएका माडी-८, जीवनपुर क्षेत्रको सुकुम्बासी बस्तीका २२ घरधुरीलाई चामल, दाल, तेल, तरकारी लगायतका खाद्यान्न वितरण गरेका छन् । पहिला नै माडी-७, देबेन्द्रपुरस्थित परुई किनारको चेपाङ बस्तीमा ६० परिवारलाई समेत राहत वितरण भएको वाई.सि.एल. माडी नगर कमिटि श्रोतले जानकारि दिएका छन् ।
कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै वाई.सि.एल.का माडी संयोजक नेत्र काफ्ले, केन्द्रीय महिला विभाग विभाग सदस्य इन्दिरा बि.क., केन्द्रीय कृषि तथा उत्पादन विभाग सदस्य सन्तोष चापागाई, चितवन जिल्ला सदस्य अशोक पाठक, माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का माडी संयोजक पदम पन्त लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया