• 9:59 pm

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका डा.सदिना श्रेष्ठको क्यान्सरका कारण निधन

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार ०५:१६

सुस्मिता ढकाल

चितवन : भरतपुरको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका सिनियर कन्सल्टेन्ट प्याथोलोजिस्ट डा.सदिना श्रेष्ठको क्यान्सरका कारण निधन भएको छ । विगत साढे तीन वर्षदेखि फोक्सोको क्यान्सरबाट प्रभावित उनको मंगलबार साँझ निधन भएको हो ।


क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा भन्छन्, डा. सदिना सन् २००४ देखि यस अस्पतालमा कार्यरत थिईन् । उनले अस्पताल सञ्चालक समितिका पूर्व सञ्चालक समिति सदस्य, विभागीय प्रमुख भएर काम गरिसकेको थिईन् । अस्पतालले एक कुशल र विशेषज्ञ चिकित्सक गुमाउनु परेको बताउँदै डा. शर्माले डा.सदिनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपानेले डा सदिना श्रेष्ठको अल्पायुमा निधनभएकोले दु:खी भएका छाै‌ भन्दै यस दुखद् घडीमा स्व डा. सदिनाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं डाक्टर जया श्रेष्ठसहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। डा. सदिनाका पति अंकोलोजिष्ट डा. जया श्रेष्ठ पनि सोही अस्पतालमा हाल कार्यरत रहेको छ ।

प्रतिकृया