• 7:19 pm

२४ प्रतिशतले बढ्यो व्यापार घाटा

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार ०४:३७

कनठमाडौँ : चालू आर्थिक वर्ष २०७७/०७८ को ११ ९साउनदेखि जेठ० महिनामा १२ खर्ब ६२ अर्ब बराबरको व्यापार घाटा भएको छ। गत आव २०७६र०७७ को सोही अवधिको तुलनामा यो २४.६१ प्रतिशतले बढी हो। गत आबको साउनदेखि जेठसम्ममा १० खर्ब १२ अर्ब रूपैयाँ बराबरको ब्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।


गत वर्ष सोही अवधिको तुलनामा आयात पनि २५.६७ प्रतिशतले बढेको छ। गत आबको साउनदेखि जेठसम्ममा ११ खर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो। चालू आबको सोही अवधिमा १३ खर्ब ८३ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको छ। विभागको तथ्यांक हेर्दा गत आब साउनदेखि जेठसम्म ८८ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ।


चालू आबको तुलनामा यो ३७.७८ प्रतिशतले बढी हो। चालू आबको साउनदेखि जेठसम्ममा १ खर्ब २१ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ।

प्रतिकृया