• 1:07 pm

एमाले स्थायी कमिटी सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार ०१:३५

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्थाबारे स्थायी कमिटी सदस्यहरुसँग अनौपचारिक छलफल गरेका छन् । स्थायी कमिटी बैठक नभनी नेताहरूसँग अनौपचारिक छलफल चलेको बालुवाटार स्रोतले जनाएको छ । छलफल जारी छ ।


स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि प्रधानमन्त्रीले सर्वोच्चको आदेशबाट पदमुक्त भएका एमालेका मन्त्रीहरूसहित छलफल गर्दैछन् । पार्टीभित्र पछिल्लो विवाद र एकताको प्रयासका बारेमा पनि नेताहरूले जानकारी गराएका छन् । माधव नेपाल कुनै पनि हालतमा एमालेमा बस्न नचाहेको निष्कर्ष नेताहरूले सुनाएको स्रोतले जनाएको छ ।

प्रतिकृया