• १६:४८ २०८० चैत्र १६ गते
  • 4:48 pm

१७ दिनदेखि महिला बेपत्ता, माइती पक्षले लगायो हत्याको आरोप

प्रकाशित मिति

२०७८ असार ५ गते, शनिबार ०३:५८

bepatta

काठमाडौँ : महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।


जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन् । जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाए ।


प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताए । उनले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिए । -रासस

प्रतिकृया