• १७:३४ २०८० चैत्र १५ गते
  • 5:34 pm

माओवादी केन्द्रका नेताका हत्यारा पत्ता लगाउने एसपी र डीएसपी पुरस्कृत

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार ०५:३३

sp nawaraj adhikari e1624016922120

काठमाडौँ : कपिलवस्तुुमा दुई जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारीलाई पुरस्कृत गरेको हो । माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई सम्मान गरेको हो ।


गत जेठ ५ गते नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता पाण्डेको गोली प्रहार गरी हत्या गरिएको थियो ।गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएका थिए ।


एसपी अधिकारीको कमाण्डमा भएको अनुसन्धानबाट उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको खुलेको थियो । प्रहरीले हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनापछि डीएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्वीस्की’ नाम दिएर अनुसन्धान सुरू गरेको थियो ।

प्रतिकृया