• 4:50 pm

काँग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार ०३:३१

congress cover e1624009586800

काठमाडौँ : नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।


कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ ।बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थिए ।


त्यसका लागि आवश्यक सुझाव राख्न नेताहरूलाई भनेका थिए । आजै बैठक सम्पन्न गरिने भन्दै शीर्ष नेताको तहमा अहिले छलफल भइरहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए ।

प्रतिकृया