• १६:५३ २०८० चैत्र १६ गते
  • 4:53 pm

३९ पत्नी र २ सय सन्तान भएका यी पुरुष रहेनन्

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार ०५:४२

ziona chana

एजेन्सी : यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ ।


भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन थार तिआननुम गाउँमा बसोबास थियो । जहाँ उनका ३९ पत्नीसहित सन्तान दरसन्तान एउटै घरमा अझै बस्दैछन् । उनले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए । २४ वर्षको उमेरमा दोस्रो विवाह गरे ।


पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरेका थिए । कतिपय छोरीहरु विवाह गरेर गएका छन् । उनको चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएका छन् । उनको परिवारलाई हेर्नकै लागि गाउँमा पर्यटक आउने गरेका छन् ।

प्रतिकृया