• ०४:५० २०८१ बैशाख ७ गते
  • 4:50 am

बिरामी निशाको परिवारलाई अभिनेत्री करिष्मा र रेजिनाको आर्थिक सहयोग

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार ०५:२३

unnamed file e1623670727758

काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई अभिनेत्री श्री करिष्मा मानन्धर र रेजिना उप्रेतीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने आह्वानका साथ करिष्माले निशाका पिता प्रेम प्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग गरेकी हुन् ।


यसैगरी चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले १० हजार परिवारलाई हस्तान्तरण गरेकी थिइन् । उनले अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार र अमेरिकामै रहेका प्रकाश थापाले पठाएको १० हजार रुपैयाँ पनि निशाका पितालाई प्रदान गरेकी थिइन् ।


भारतमा दुर्घटनामा परेकी निशालाई राहत बाँड्ने क्रममा कलाकारले भेटेपछि उनको उपचारका लागि सहयोगको आह्वान गरिएको थियो । हाल उनको नर्भिकले निःशुल्क उपचार गराइरहेको छ

प्रतिकृया