• १८:०५ २०८० चैत्र १५ गते
  • 6:05 pm

करिना कपुरलाई बहिष्कार गरौं भन्दै ट्वीटरमा चल्यो ट्रेन्डिङ

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार ०१:१२

karina kapoor

काठमाडौँ : बलिउडको पछिल्लो मुड बुझ्न ट्वीटर हेरे थाहा लाग्छ । भारतीय फिल्म नगरीमा पछिल्लो समय एजेन्डाहरुको निर्माण ट्वीटरले गरिरहेको छ । कंगना रनावतलाई गत महिना ट्वीटरले सँधैभरिको लागि प्रतिबन्ध लगाइसकेको छ । सोमबार बलिउड अभिनेत्री करिना कपुर खान ट्वीटरमा ट्रेन्डिङ भैरहेकी छिन् । उनलाई बहिष्कार गरौं भन्दै ट्वीटरमा ट्रेन्डिङ चलिरहेको छ । कारण भने अर्कै छ जसलाई लिएर उनी स्वयमलाई पनि थाहा नहुन सक्छ ।


केही दिनअघि सीता शीर्षकमा फिल्म निर्माण हुने घोषणा भएको थियो र त्यसमा सीताको भूमिका करिनाले चित्रण गर्ने जनाइएको थियो । साथै, करिनाले उक्त भूमिकाका लागि १२ करोड भारु डिमान्ड गरेको खबर पनि थियो । यद्यपी, यो खबरलाई फिल्मका लेखक केभी विजयेन्द्र प्रसादले गलत भएको बताएका छन् । तर, कारण बिनै करिना ट्वीटरमा ट्रेन्डिङ भएकी छिन् । केहीले हिन्दू भावनाको मानमर्दन हुनसक्ने भन्दै आलोचना गरिरहेका छन् ।

kareena kapoor

आलोचकले मुस्लिम अभिनेता सैफअली खानसँग विहे गरेर सीताको भूमिका गर्न लागेको भन्दै आलोचना गरेका छन् । कतिपयले उनका छोरा तैमुर र दिवगंत अभिनेता सुशान्तसिंह राजपूतसँग जोडेर पनि करिनालाई ट्रोल गरिरहेका छन् ।

प्रतिकृया