सुनको मूल्यमा गिरावट, तोलामा कति ?
प्रकाशित मिति
२०७८ जेष्ठ ३० गते, आईतवार १२:१६

काठमाडौँ : आइतबार नेपाली बजारमा सुनको मूल्य एके दिन अधिकतम ६ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९३ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजाबी सुन समेत ६ सय रुपैयाँले नै घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्य कायम भएको छ ।
प्रतिकृया