निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै
प्रकाशित मिति
२०७८ जेष्ठ ३० गते, आईतवार १२:०५
काठमाडौँ : उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जनाए । प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।
‘छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’ छलफलमा काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।
Related
Recent News
- ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित
- सुन पसलमा नक्कली नोटको कारोबार, एकजना पक्राउ
- आज पनि घट्यो शेयर बजार
- विजयको औपचारिक घोषणा नहुँदै भारत र इजरायलका प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई
- उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने
- दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
- आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने– ‘अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दियो’
- कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजीनामा
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया