• २०:०४ २०८० चैत्र १५ गते
  • 8:04 pm

आधुनिक ‘महाभारत’मा रिया ‘द्रौपदी’

प्रकाशित मिति

२०७८ जेष्ठ २७ गते, बिहीबार ०३:४२

Riya e1623319044215

रिया चक्रवर्ती । तस्वीर : इण्डिया टीभी

मुम्बई : बलिउड लाइफ– बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती डेढ वर्ष यताको मानसिक तनावबाट विस्तारै मुक्त हुँदैछिन् । हालैमात्र उनले ‘टाइम्स मस्ट डिजायरेबल वुमेन २०२०’ को उपाधि पाइन् ।


यी अभिनेत्रीमाझ अहिले एउटा महत्वपूर्ण प्रोजेक्ट आएको छ । पौराणिक कथा ‘महाभारत’लाई आधुनिक रुपान्तरण गर्दै निर्माण हुन लागेको फिल्म ‘महाभारत’मा निर्माताले उनलाई द्रौपदीको चरित्रका लागि प्रस्ताव गरेका छन् ।


रियाले पनि यो चरित्रका लागि निकै चासो देखाएकी छन् । निर्माताहरु अहिले अभिनेत्रीसँग कुराकानी चरणमा छन् । ‘यो महाभारत र द्रौपदीको भूमिकालाई लिएर बनाइएको ठूलो परियोजना हो । अहिलेको आधुनिक परिवेशमा यो महाभारत बन्नेछ ।


द्रौपदी भूमिकाका लागि रिया चक्रवर्तीसँग कुराकानी भइरहेको छ’, फिल्म निकट स्रोतले भनेको छ । रियाले यो फिल्मका लागि ग्रीन सिग्नल दिइन् भने बलिउडमा कमव्याक गर्न उनलाई सहज हुने फिल्म पण्डितहरुको बुझाई छ ।


रिया फिल्म ‘चेहरे’मा देखिँदैछिन् । फिल्ममा अमिताभ बच्चन र इमरान हाशमीको अभिनय छ । फिल्ममा उनको भूमिका सानो भएपनि महत्वपूर्ण छ ।

प्रतिकृया