• २२:२९ २०८० चैत्र १५ गते
  • 10:29 pm

समिट वार्ता : ओली र नेपाल पक्षबीच के भयो कुराकानी ?

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ११:१३

PM KP Oli and Madhav Kumar Nepal e1616034577421

काठमाडौं : अध्यक्ष केपी शर्मा ओली वक्तव्य र वरिष्ठ नेता माधवकुमार नेपालको प्रति–वक्तव्यले नेकपा एमालेको एकता प्रयासमाथि प्रश्न उठेका बेला दोस्रो तहका नेताहरुबीच वार्ता भएको छ । मंगलबार साँझ होटल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्वाद भएको थियो ।


ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए । दोस्रो तहका नेताहरुबीच भइरहेको एकता सम्वादमा आचार्य पहिलो पटक सहभागी भएका हुन् ।


एक नेताका अनुसार छलफलका क्रममा अध्यक्ष ओली र नेता नेपालको वक्तव्यबारे एकअर्को पक्षले गुनासो गरेका थिए । ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिवद्धता जनाए पनि सहमतिमा नआएको ओली पक्षको गुनासो थियो । नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओलीको प्रस्तावमा थप प्रष्टता खोजेका छन् ।


मंगलबार भएको छलफलमा पनि ओली पक्षका नेताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने जोड दिएका छन् । तर नेपाल पक्षका नेताहरुले नेता नेपालको वक्तव्यमा झै संसद विघटनपछि रिट गएकाले विघटन फिर्ता भए हस्ताक्षर पनि स्वतः फिर्ता हुने बताएका थिए ।


यद्यपि छलफल सकारात्मक रहेको दुबै पक्षका नेताहरुले बताएका छन् । छलफलमा सहभागी नेपाल पक्षका एक नेता भन्छन्, ‘यो पार्टीलाई कसरी एकतावद्ध गराउने भनेर भइरहेको छलफलकै निरन्तरता हो । र सकारात्मक छ ।’


नेता सुवास नेम्वाङले पनि सम्वाद जारी रहने बताए । भेटबारे अनलाइनखबरलाई छोटो प्रतिक्रिया दिएका उनले भने, ‘पार्टी एकताका लागि हाम्रो बीचमा निन्तर सम्पर्क छ र यो जारी रहन्छ ।’

प्रतिकृया