सुनको मूल्यमा गिरावट, तोलमा कति ?

प्रकाशित मिति

२०७८ जेष्ठ २१ गते, शुक्रबार ११:१४

sun 9 e1613885091922

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । विहीबार छापावाल सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।


आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।यसैगरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया