• 3:01 pm

बारपाकमा दिनमै ३ जनाको मलामी

प्रकाशित मिति

२०७८ जेष्ठ १४ गते, शुक्रबार ०८:१७

काठमाडौं : एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।


तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सयडेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् ।


जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिकृया