• २१:११ २०८० चैत्र १६ गते
  • 9:11 pm

बाल्यकालको सपना पूरा गर्दै चित्रकार : राजेश थापा

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०७:३४

IMG 7475 2 e1622124776127

कपिल शर्मा

काठमाडौ : ‘भनिन्छ प्रतिभाले युग जन्माउछ’ भने जस्तै सानै उमेर देखि चित्रकलामा सक्रिय ब्यक्ति हुन राजेश थापा । चित्रकला आफैमा सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङ्गको माध्यमबाट कापिमा चित्रकारले उतार्ने गर्छन् ।


चित्रमा सुन्दर भावना समेटिएको हुन्छ, सुन्दर कल्पनाले बास्नादार भएको हुन्छ, अझै भनौं भने चित्रकारको प्रेम र स्नेहले चित्रले सुन्दर आकार लिएको हुन्छ । मन मस्तिष्कले सोच्न नसकेका कयौं अदृश्य कुराहरूलाई चित्रमा सुन्दर आकार चित्रकारले दिने गर्छन् । चित्रकलालाई आफ्नो जीवन्त ठानेर जीवनको यात्रा गरिरहेको हुन्छ ।


त्यस्तै चित्रकलालाई आफ्नो जीवन्त ठानेर चित्रकलामा निकै नै राम्रो चित्र बनाउन सफल र अत्यन्तै प्रतिभाशाली हुन् राजेश जसले सानो उमेर छदाँदेखि नै आफ्नो मनमा कल्पित चित्रहरूलाई कापिमा उतार्ने कोशिस गर्दर्थे । थापा जसलाई सबैभन्दा बढी आफ्नो हातले बनाएको चित्रमा विश्वास गर्छन् ।


सानै उमेर देखी चित्रकलामा सक्रिय राजेश अहिले झापा स्थित विर्तामोड नगरपालिका वडा नम्बर ५ मा बसोबास गरिरहेका छन । कन्चङजघा अङ्ग्रेजी उच्च माध्यमिक विधालयमा कक्षा नौ मा अध्यानरत छन् । पढाईमा अत्यन्तै रुचि भएका राजेश सानै उमेर भए पनि चित्रकलामा सानै देखी रुचि राख्थे । घर परिवारको अत्यन्तै साथ र सहयोगले यहाँ सम्म आएको बताउछन् ।


उनी भन्छन् , म सानै देखी चित्रकलामा रुचि थियो ,चित्रकलाले सानै देखी मलाई आश्चर्य पार्थ्यो , जब मैले जब म कसैले चित्र बनाएको देख्दा तब मलाइ आचम्म लाग्थ्यो र मालाई भित्रै बाट इच्छा लागेर आउने गर्थ्यो कि यदि मलाई पनि यस्तो राम्रो चित्र बनाउन आउने भए कति मजा हुन्थ्योहोला । चित्रकला प्रतिको यहि उत्सुकता ले गर्दा मैले मेरो प्रायस् जसो फुर्सद समयलाइ विभिन्न प्रकारका चित्र बनाएर सदुपयोग गर्न थाले ।


बिस्तारै चित्रकला प्रती मेरो रुचि र इच्छा बड्दै गयो र मैले मेरो प्राय जसो समय यसैमा खर्च गर्न थाले। मैले बिस्तारै सामाजिक संजाल र ईन्टरनेट मार्फत चित्रकाला को बारे मा गम्भीर रुपमा खोजी र अध्यन गर्न थाले। मैले येतिका बेला सम्म चित्रकला सम्बन्धि निकै जानकारी फेला परिसकेको थिए। चित्रकला बिषयको अध्ययन र खोजीको क्रम मा मैले अरु निकै चित्रकार हरुको बरेमा सुन्न र उनीहरुको चित्रकला अध्यन गर्ने मौका पाएको थिए।


चित्रकलामा चर्चित ब्याक्ती लीयोनार्दो दा भिन्सी, माइकल एन्जेल भिन्सेनट भेन गोग जस्ता प्रख्यात चित्रकार हरुको चित्रकला देखे पछि मलाइ यस विषयप्रती अझ बढी इच्छा र मनोबल प्राप्त भयो। भनिन्छ नि ञञनिरन्तर र प्रयासले जस्तो कुरालाई सम्भव बनाउछ । भने जस्तै ऊनी पनि अथक प्रयास बाट यहाँ सम्म आएको बताउछन् ।



अब उनी पढाईको साथसाथै चित्रकला लाई लामो समय दिएर दिएर भविष्यमा चित्रकलाको माध्यम बाट नै निकै अगाडि बढ्ने उनको विचार छ ।चित्रकलालाई अझै सुधार गरेर आफ्नो नाम जताततै चिनाउने उनको योजना रहेको छ ।


चित्रकार राजेश थापा द्वारा कोरिएका केहि चित्रहरु –

Screenshot 2021 05 27 13 28 51 1
चित्र

प्रतिकृया