• 5:49 pm

इजलासमा प्रश्न : राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो ?

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०१:१०

काठमाडौं : अधिवक्ता वीरभद्र जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै पुनःस्थापनाको माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आफ्नो रिटमाथि बिहीबार बहसका क्रममा उनले भने,‘मध्यरातमा समय नदिइ विघटन भयो । राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो रु प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएँ भनेपनि स्पष्ट छैन ।


तसर्थ, पुनर्स्थापना होस् ।’

यस्तै अधिवक्ता तुलसी पराजुलीले ओलीले विश्वासको मत नलिइ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको जिकिर गरे । ७६ (३) बमोजिम नियुक्तले ४ बमोजिम विश्वासको मत लिनुपर्नेमा उपधारा ५ मा जानू गैरसंवैधानिक छ’ उनको जिकिर छ । प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा अहिले अजय बुढाथोकीको रिटमा बहस जारी छ ।

प्रतिकृया