• 11:35 am

नमस्ते ख्वप टिभी र नृत्य निर्देशक संघ नेपालले संयुक्त रुपमा राहत वितरण

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार १२:००

काठमाडौँ: जेठ ७ गते देखि नमस्ते ख्वप टिभी र नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको संयुक्त रुपमा राहत अभियान सुरु गरेको छ।


कोरोना महामारी लाई मध्यनजर गरि नेपाल सरकारले निषेधाज्ञा जारी गरेको कारणले गर्दा न्यून आय श्रोत भएका परिवार भोकै बस्नु परेको अवस्थालाई ध्यानमा राखी नमस्ते ख्वप टिभी र नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाले राहत अभियान सुरु गरिएको हो । उक्त शाखाले करिव हाल सम्म ४० परिवारलाई खाध्यान्न सामग्री उपलब्ध गराएको राहत अभियान समुहले जानकारी दिएको छ ।


सक्नेले नसक्नेलाई सहयोग गरौं भन्ने अभिप्रायले मनकारी व्यक्तिहरु सँग राहत संकलन गरी मध्यपुर ठिमी नगरपालिका ,सुर्यविनायक नगरपालिका ,चाँगुनारायण नगरपालिका ,भक्तपुर नगरपालिका ,कागेशवरी मनोहरा नगरपालिका ,गोकर्णेश्वर नगरपालिका ,ललितपुर उपमहानगरपालिका र किर्तिपुर नगरपालिका का एकल महिला ,गर्भवती महिला ,मस्तिष्क पक्षघात बाट पिडित व्यक्तिहर पाटिमा जीवन बिताईरहेका परिवार ,दैनिकी ज्याला मजदुरी गर्ने परिवार ,अशक्त महिला दुवै मृगौला फेल भएका व्यक्ति ,टुहुरा बाल बालिकालाई खाध्यान्न सामाग्री वितरण गरेको आयोजकले समुहले जनाएको छ।

प्रतिकृया