महामारीमा बुद्धका आदर्श सान्दर्भिक र अनुकरणीय: राष्ट्रसंघ महासचिव गुटेर्स
प्रकाशित मिति
२०७८ जेष्ठ १२ गते, बुधबार १२:२४

काठमाडौं: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्सले कोभिड-१९ महामारीले सिर्जना गरेको कठिन परिस्थितीमा गौतम बुद्धका आदर्श विश्वका लागि सान्दर्भिक र अनुकरणीय हुने बताएका छन् ।
२५६५ औं बुद्ध जयन्तीको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै महासचिव गुटेर्सले संसारले बुद्धबाट मानवीयता र सहायताजस्ता गुणहरु सिक्नुपर्ने जरुरी रहेको बताएका हुन् ।
मानिसलाई सांस्कृतिक र मानवीयरुपमा समृद्ध तुल्याउन बुद्धको योगदान उच्च रहेको उल्लेख गर्दै महासचिव गुटेर्सले बौद्ध र अन्य धर्मावलम्वीले पनि उनका गुणलाई अनुशरण गर्न सक्ने बताएका हुन् ।
साथै, उनले शान्ति र सहिण्णुता कायम गर्दै समस्या समाधानमा समेत जोड दिएका छन् । राष्ट्रसंघको नेपालस्थित कार्यालयले महासचिवको भिडियो सन्देश जारी गर्दै बुद्ध जन्मथलो नेपालको लुम्बिनीको चर्चा पनि गरेको छ ।
प्रतिकृया