नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना
प्रकाशित मिति
२०७८ जेष्ठ ११ गते, मंगलवार ०३:४४
काठमाडौँ : नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि तथा राजदूत ल्याङ याबोउले यससम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरेका हुन् ।
यसको जानकारी राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगले दिएको छ । यससँगै गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुने देशको सूचीमा १७० औं देश बनेको छ ।
दुबै राजदूतले यससम्बन्धी जानकारी गराउँदै संयुक्त राष्ट्रसंघलाई संयुक्त पत्रसमेत लेखेका छन् । पश्चिम अफ्रिकी देश गाम्बिया१९६५ मा संयुक्त राष्ट्रसंघमा जोडिएको मुलुक हो । यसको क्षेत्रफल ११ हजार वर्गकिमि रहेको छ ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया