• 6:32 pm

जनमोर्चाका कृष्ण थापा संसदीय दलको नेताबाट बर्खास्त

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०४:२५

पोखरा : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट बर्खास्त भएका छन् । उनलाई दलको नेताबाट बर्खास्त गरिएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराइएको छ । जनमोर्चाकी सचेतक पियारी थापाले कृष्ण थापालाई दलको नेताबाट बर्खास्त गरिएको जानकारी सभामुखलाई गराएकी हुन् ।

 

प्रदेशको सत्ता रस्साकस्सीमा निकै खटिएका सो पार्टीका केन्द्रीय महासचिव मनोजमणि भट्टले पनि थापालाई दलको नेताबाट बर्खास्त गरिएको जानकारी गराएका छन् । दलको नेताबाट हटाइए पनि उनको सांसद पद भने यथावत् छ । थापाले पार्टी ह्विप उल्लङ्घन गरेको भन्दै जनमोर्चाले स्पष्टीकरण सोधेको थियो । गण्डकीमा सत्ताको रस्साकस्सी तीव्र रूपमा भइरहेको छ । केही दिनअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी मोर्चाले हस्ताक्षर अभियान सङ्कलन गरेको थियो ।

 

यस क्रममा जनमोर्चाका सांसद एवं संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गरेपछि विपक्षी गठबन्धन अघि बढ्न सकेको छैन । प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आज दिउसो ४ बजे सकिंदैछ । त्यसपश्चात् मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नै नियुक्त हुनेछन् । उनले एक महिनाभित्र विश्वासको मत पुराउनुपर्नेछ ।

 

 

प्रतिकृया