• 4:41 am

संसद सचिवालयमा कार्यरत कर्मचारीको संक्रमणबाट निधन

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ०१:०१

काठमाडौं : संसद सचिवालयको काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।

 

 

प्रतिकृया