• 3:05 am

भारतमा एकैदिन तीन लाख ३१ हजार कोरोना संक्रमितलाई निको

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०७:३५

तस्वीर–भारतको जम्मुकश्मीरस्थित बुडगाममा सेनाले बनाएको २५० बेडको कोभिड–१९ सेन्टर ।

काठमाडौं :  भारतमा बुधबार एकैदिन ३ लाख ३० हजार ५२५ जना कोरोना संक्रमितलाई निको भएको छ । यो संख्या मंगलबारको भन्दा ७ हजारले कम हो । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढीलाई निको भएको छ । मंगलबार एकैदिन ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो ।

 

सोमबार एकैदिन ३ लाख १८ हजार ७ सय ६१ जनालाई निको भएको थियो । आइतबार २ लाख ९९ हजार ८०० जनालाई निको भएको थियो । शनिबार ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७२ लाखि ६९ हजार ७६ पुगेको छ ।

 

बुधबार कोरोना संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी थपिएका छन् । बुधबार एकैदिन ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका छन् ।योसँगै भारतमा कुल संक्रमित २ करोड १० लाख ७० हजार ८५२ पुगेका छन् । हाल ३५ लाख ६२ हजार ७१५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार ९७९ जनाको ज्यान गएको छ । यो भारतको सबैभन्दा बढी हो ।अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार १५१ रहेको छ । भारतमा अहिलेसम्म १६ करोड ४ लाख ९४ हजार १८८ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।

प्रतिकृया