• १६:३८ २०८० चैत्र १६ गते
  • 4:38 pm

सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने तयारी

प्रकाशित मिति

२०७८ बैशाख २१ गते, मंगलवार १०:३३

nishedhagya at kathmandu valley 2021 19 e1619694396283

काठमाडौं । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँचस्थलमा ट्राफिक जाम देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन । कोभिड-१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो ।आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । अत्यावश्यक कामका लागि सवारी पास लिएकाभन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ।

 

 

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र कलङ्की लगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनकराज भट्टराइले अत्यावश्यक बाहेकका सवारीसाधनलाई समेत सञ्चालन गर्न दिँदा समस्या आएको बताए । बैङ्क तथा वित्तीय संस्था, विवाह, अस्पताल, खाद्य र तरकारी बोक्ने नाममा धरै गाडी गुड्ने गरेका छन् । सोमबार बिहानदेखि साँझसम्म दुई हजार ६३ वटा सवारी नियन्त्रणमा लिइएको छ ।

 

 

यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए । यही १६ गतेबाट जारी एक हप्ता लामो निषेधाज्ञा २२ गते राति १२ बजेपछि पुनः थप गरी वैशाख मसान्तसम्म पु¥याइने भएको छ । “निषेधाज्ञा एक साता लम्ब्याएर मात्र भएन । थप व्यवस्थित र कडाइ गर्ने विषयमा पनि निर्णय हुनेछ, उनले भने । -गोरखापत्र दैनिकबाट

प्रतिकृया