• 7:22 pm

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

प्रकाशित मिति

२०७८ बैशाख २१ गते, मंगलवार ०६:३२

काठमाडौँ :  औषधि व्यवस्था विभागले कोभिड १९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सोमबार सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए ।

 

उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए ।

 

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्नरनगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ । अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्‍ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करीब रु पाँच हजार पर्छ ।

प्रतिकृया