• 4:26 pm

मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०७:५५

काठमाडौं : लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् । आइतबार साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीको कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

 

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि यादवले पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् । साथै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जनालाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

 

मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका सन्तोष पाण्डे र बाँकेका बिजयबहादुर यादवलाई मन्त्री नियुक्तसँगै सपथ खुवाएका हुन् । पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पूर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

साथै आर्थिक मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् । आइतबार बिहान एकल बहुमतको सरकार बनाउने ध्येयका साथ पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया