• १३:१३ २०८० चैत्र १६ गते
  • 1:13 pm

‘पीसीबीसी’ चार देशका सेनालाई पछि पर्दै नेपाली सेनाका पिटर बने उत्कृष्ट

प्रकाशित मिति

२०७८ बैशाख १९ गते, आईतवार ०४:५४

peter achievement e1619953708645

काठमाडौँ :   नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स पीसीबीसी मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका हुन् ।  गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्यान्ड, कोसोभो, हंगेरी र स्कटल्याण्डका सैनिक अधिकृतलाई पछि पार्दै उनी उत्कृष्ट भएका हुन् ।

 

थापाले अब कमान्डो कोर्स गर्ने छन् ।  बेलायतको  रोयल  मरिनले सञ्चालन गर्ने अल आर्मी कमान्डोले उक्त कोर्स गराउने थापाले बताए ।यसअघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा थापाले उत्कृष्ट क्षमता प्रदर्शन गरेर ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए ।

 

२० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । ४४ साताको उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए ।

प्रतिकृया