• 8:37 am

३४ वर्षकी उपासना बनिन् बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत

प्रकाशित मिति

२०७८ बैशाख १९ गते, आईतवार ०४:४३

काठमाडौँ :  युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लि को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ ।  योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् ।  ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन् ।

 

पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ ।  छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम.बि.ए  सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

 

उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लि मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।  उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो,’ कम्पनीले जनाएको छ ।

प्रतिकृया