राष्ट्र बैङ्कको वित्तीय संस्थालाईसात बुँदे निर्देशन
प्रकाशित मिति
२०७८ बैशाख १९ गते, आईतवार ०३:१७

काठमाडौँ : कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कले सात बुँदे निर्देशन दिएको छ ।
कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न निर्देशनमा उल्लेख छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले जनाएको छ ।
जारी निर्देशन अनुसार प्रविधिको उच्चतम प्रयोग गर्दै वर्क फ्रम होमलाई जोड दिन बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ । फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रिय बैङ्कले निर्देशन दिएको छ ।
प्रतिकृया