सांसद् वली माओवादी केन्द्रमा प्रवेश गरेसंगै एमालेलाई धक्का, वहुमत पुर्याउन सकस
प्रकाशित मिति
२०७८ बैशाख १९ गते, आईतवार ०२:३७

रुपन्देही : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा को तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३९२०बाट उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य विमला वलीले नेकपा माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेश सरकार नयाँ मोडमा पुगेको छ ।
जसका कारण काम चलाउ मुख्यमन्त्री शंकर पोख्रेल पुनः मुख्यमन्त्री वन्न सक्ने संभावना न्यून देखिएको छ । सांसद् वलीको माओवादी केन्द्र प्रवेशले एमालेको एकल बहुमतको सरकार वनाउने संभावना टरेको हो । सर्वोच्च अदालतको आदेशपछि नेकपाका नेता कार्यकर्ताहरुलाई पुराना दल एमाले र माओवादी केन्द्र मध्ये एक रोज्ने अधिकार रहेकोमा सांसद् वलीले माओवादी केन्द्र रोजेको सांसद् वलीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
अब भने, काम चलाउ मुख्यमन्त्री पोख्रेललाई पुनः मुख्यमन्त्रीमा नियुक्ति गर्ने सम्भावना ‘रातो वत्ती’ वल्न पुगेको छ । सांसद् वलीको दल परिवर्तन कदमले माओवादी केन्द्रको नेतृत्वको सरकार वन्ने अट्कलवाजी गरिएको छ ।
प्रतिकृया