• 1:53 am

भारतमा कोरोनाबाट निको हुने एकैदिन तीन लाख नौ हजार पुगे

प्रकाशित मिति

२०७८ बैशाख १९ गते, आईतवार ०८:५९

तस्वीर–भारतको बाल भवन, खुमान लम्पाकमा २५० बेडको कोभिड केयर सेन्टर थपिँदै ।

 

काठमाडौं :  भारतमा शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । संक्रमित उनीहरुले कोरोना जितेका छन् । योसँगै भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ५९ लाख ८१ हजार ७७२ पुगेको छ ।

 

भारतमा शनिबार एकैदिन विश्वकै सबैभन्दा बढी ३ लाख ९२ हजार ४५९ जना संक्रमित थपिए । योसँगै भारतमा कुल संक्रमित १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेका छन् । हाल ३३ लाख ४३ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार मात्रै ३ हजार ५०१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

 

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १५ हजार ५२३ रहेको छ ।  भारतमा अहिलेसम्म १५ करोड द्धढ लाख ८९ हजार ६३५ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

प्रतिकृया