• 2:00 am

सिसिएमसीले जारी गर्‍यो अर्को सूचना, निषेधाज्ञामा थप कडाई हुने

प्रकाशित मिति

२०७८ बैशाख १८ गते, शनिबार ०५:५६

काठमाडौं : कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी ले कोरोना संक्रमणको दोस्रो लहर फैलिएको र यसको संक्रमणलाई न्युनिकरण गर्नका लागि थप पहलदारी कदम चाल्न अपिल गरेको छ । सिसिएमसीको बैठकले ४ बुँदामा कोरोना संक्रमणको जोखिमलाई कम गर्न सबैमा आह्वान गरेको हो ।

 आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्नेः

१- निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरुमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने।

२- अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने ।

३- काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने ।

 

 उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्नेः

१- कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने ।

२-कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन० उत्पादन गर्ने

३-उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने।

४-सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने।

 – आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने ।

 

 

 क्यारेन्टिन अनुगमनसम्बन्धमा देहायबमोजिम गर्ने

१- काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्यारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने ।

२- होम क्यारेन्टिनमा बसेकाहरुको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।

३- होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने । होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने ।

४- होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने ।

 

 

जनचेतनासम्बन्धमा देहायबमोजिम गर्नेः

१- आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित र प्रकाशित गर्न अनुरोध गर्ने ।

२- सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने ।

प्रतिकृया