कोभिड–१९ स् जनताबीच पुग्न भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रीहरुलाई निर्देशन
प्रकाशित मिति
२०७८ बैशाख १८ गते, शनिबार ११:४३

Indian Prime Minister Narendra Modi addresses the media as he arrives at the Parliament in New Delhi, India, Monday, Sept.14, 2020. Indian lawmakers have returned to Parliament after more than five months even as coronavirus cases continue to surge at the fastest pace than anywhere else in the world. (AP Photo)
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् । कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसंग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेको उनको कार्यालयले जनाएको छ । प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिएको बताइएको छ ।भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।- एएनआई
प्रतिकृया