• 12:36 am

हिमाल सफाइका क्रममा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार ०५:२२

काठमाडौं : १५ वर्षअघि अर्थात् सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा फेला परेको छ । हिमाल सफाइमा निस्केको नेपाली सेनाको टोलीले बिहीबार दुई वटा शवसहित हेलिकप्टर फेला पारेको हो।

 

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरभन्दा केही मिटर टाढा शव फेला परेको र ती शवको पहिचान जारी रहेको छ ।

साथै, हाल सेनाले शव पहिचान गरिरहेको र केही समय विस्तृत विवरण दिने बताइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

 

प्रतिकृया