• 5:23 pm

 उपभोक्ता संस्थालाई मुक्तिनाथ बैंकको आर्थिक सहयोग

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार ०३:२३

काठमाडौँ : मुक्तिनाथ विकास बैंकले दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्र्तरगत बैंकले व्यास नगरपालिकाका विभिन्न वडाका नगरवासीलाई खानेपानी उपलब्ध गराउँदै आएको जनाएको छ ।

 

बैंकको अनुसार उक्त आर्थिक सहयोगबाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टयांकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुषणबाट जोगाउनेलगायतका उद्देश्यले हाल व्यास-४ जुडिपानीमा रहेको खानेपानी प्रशोधन केन्द्र मा आवश्यक तारबार गर्ने भएको छ ।

प्रतिकृया