नेपालकाे २२ जिल्ला कोरोनाको संवेदनशिल सूचीमा
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार ०३:१२

काठमाडौँ : मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
कुनै पनि मार्गबाट देश विदेश जाने – आउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन मन्त्रालयद्वारा जारी विज्ञप्तीमार्फत आग्रह गरिएको हो ।
देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।
प्रतिकृया