• 9:47 am

७७ जिल्लामा एकीकृत एम्बुलेन्स परिचालन गर्न स्वास्थ्य मन्त्रालयकाे आह्वान्

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार ०२:१०

काठमाडौँ : कोभिड-१९ को सङ्क्रमण बढ्दै गर्दा व्यवस्थापनमा चुनौतीहरु थपिँदै गएकाले सहज गराउन एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आह्वान् गरेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई सहज गराउन एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आह्वान् गरेको हाे  ।

 

 

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका छन्।

 

 

‘कोभिड-१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था छ’, पत्रमा भनिएको छ  ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे पत्रअनुसार जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नं को व्यवस्था गरिदिन जनाइएकाे छ  ।

प्रतिकृया