शिवाकोटी र बियोन्सेले ल्याए – ल्यासे पाउ गीत
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार १२:५२

काठमाडौँ : बियोन्सेलाई लिएर राजनराज शिवाकोटीले ‘ल्यासे पाउ’ गीत बनाएका छन् । संगीतकार राजनराज शिवाकोटीले १२ वर्षअघि सृजना गरेको गीत ‘फुलबुट्टे सारी’ लामाको मार्मिक स्वरमा रहेको अहिले निकै चर्चामा छ ।
अनि चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए। यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी गायिका बियोन्से । नेपाल घुम्न आएको बेला ट्रेन्डिङ गीतको रुपमा रहेर आफूले उक्त गीत गएको उनको भनाई छ । उनै बियोन्सेलाई लिएर संगीतकार शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन्।
‘ल्यासे पाउ’ बोलको गीतमा राजनराज शिवाकोटीसँग बियोन्सेले आवाज भरेकी छिन् । मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्। राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से फिचर्ड छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।
प्रतिकृया