आगलागीबाट करोडाैँकाे धनमाल जलेर नष्ट
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार १२:१७

काठमाडौँ : सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ खनार चोकस्थित रिलाईन्स स्पेलिङ मिल्सको भवन मर्मत गर्ने क्रममा ईलेक्ट्रोनिक ग्रिलबाट आगोको झिल्का उडि धागो बनाउने रुवामा सल्किएर बिहीबार साँझ आगलागी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गुल्मीकाे कालिगण्डकी गाउँपालिका-६ टोलाकोट जोरापोखरी बस्ने नाम बहादुर थापाको घरमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस्तै काभ्रे, पाँचखाल नगरपालिका-४ स्थित घल बहादुर दनुवारको घरको सटरमा रहेको सोही गाउँपालिका-२ बस्ने जयराम कोईरालाको किराना पसलमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी मोरङकाे जहदा गाउँपालिका-१ बुधनगर बस्ने लोकेश्वर सरबरियाको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा नगद ३ लाख, घर र गोठ समेत जलेर करिब १३ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिकृया