• 2:21 pm

भक्तपुरमा किशोरीलाई करणी गरेको अभियोगमा महतो पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार १२:०३

काठमाडौँ : भक्तपुरकाे एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायणमा बस्ने महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतकाे  मोतिहारीमा घर भएका अभियुत्त १९ वर्षीय जितेन्द्र कुमार महतोले  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङबाट बिहीबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हाे ।

 

महतोले ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

प्रतिकृया