• 9:25 am

उपप्रधानमन्त्री पोखरेलले चासो दिँदा भावुक भए धुर्मुस : क्रिेकट रंगशाला

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार ११:२०

IMG 3644 scaled e1619760829278

काठमाडौँ : चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा  उपप्रधानमन्त्री ईश्वर पोखरेलले चासो लिँदा निर्माण प्रमुख अभियन्ता एवं धुर्मस-सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ भावुक भएका छन् । क्रिकेट रंगशाला निर्माण फाउन्डेशनका अध्यक्ष कट्टेललाई बिहीबार सिंहदरबारस्थित उपप्रधानमन्त्री पोखरेलले आफ्नै कक्षमा भेट्दै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरी चासे लिँदा धुर्मुस गर्दा भावुक भएका हुन् ।

 

 

 

उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस-सुन्तली फाउन्डेशनको प्रशंसा गरेका छन्  । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’  उनले बताए  ।  राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने विश्वास उपप्रधानमन्त्री पोखरेलले  दिए ।

 

 

IMG 3657 scaled e1619760882605

आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैले बोलाएर चासो लिनुभएकोमा उपप्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्  । ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीे निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’ उनले उपप्रधानमन्त्री पोखरेललाई गुनासाे सुनाए ।अभियन्ता धुर्मुसले अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिए ।

 

 

रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले उपप्रधानमन्त्री बताए ।  ‘हाम्रो कुनै स्वार्थ छैन्, विशुद्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन ।’ उनले भने ।

प्रतिकृया