इजरायलको हासिडिक यहुदी पर्वमा भागदौड हुदाँ दर्जनौँकाे मृत्यु,सयौँ घाइते
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार ०९:५९

इजरायलमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौँ मानिसको मृत्यु र सयौँ घाइते भएका छन् ।
हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका मानिसहरुबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा मा एक लाखभन्दा बढी मानिस यहुदी पर्व मनाउन सहभागी भएका थिए। भागदौडमा परी सयौँ मानिसहरु घाइते भएका छन्।
आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन्।
हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो। यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भागदौडको कारण भने खुलेको छैन। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई ठूलो क्षति भनेका छन्।
प्रतिकृया