• 9:41 pm

मन्त्रिपरिषद्ले लेख्याे कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन पत्र

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार ०९:१६

काठमाडौँ :  कोभिड-१९ काे दाेसाे महामारी लहर बढेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ वटा कार्यालयलाई  प्रभावकारी व्यवस्थापन गर्न निर्देशन पत्र  लेखेकाे छ । महामारी लहर बढेसँगै प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को बैठक बसि उत्त पत्र अन्य १२ वटा कार्यालयलाई  प्रभावकारी व्यवस्थापन गर्न निर्देशन पत्र  लेखेकाे हाे ।

 

प्रधानमन्त्रीको कार्यालयले मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार  कार्यालयभित्र भीडभाड हुन नदिई प्रभावकारी व्यवस्थापन मिलाइ  काम सुचारु गर्न , आलोपालो गरी कर्मचारी खटाउने र घरबाट गर्न मिल्ने कामलाई घरबाटै गर्ने व्यवस्था मिलाउन पनि पत्रमा उल्लेख गरिएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रस्टको कार्यालय, लगानी बोर्डको कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका बरफबाग , हरिहरभवन र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाइएको हो ।

 

त्यस पत्रमा कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउन सङ्क्रामक रोग ऐन, २०२० बमोजिम निषेध आदेश जारी भएका जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा आवश्यक भीडभाड हुन नदिन भनिएको छ ।

 

यसैगरी अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालयका प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यवस्था मिलाउन भनिएको छ । घरबाटै गर्न सकिने कामको हकमा घरबाटै गर्ने व्यवस्था मिलाउन भनिएको छ । पालोमा उपस्थित हुने कर्मचारीको हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउन भनिएको छ ।

प्रतिकृया