७० हजार गाडी बाहिरिए भने ३० हजार गाडी भित्रिए
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार ०८:५४

काठमाडौँ: काठमाडौं उपत्यकाबाट ७० हजार गाडी बाहिरिएको छ भने ३० हजार गाडी भित्रिएको छन् । निषेधाज्ञा जारी भएको पहिलो दिन सभा दुइ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन् भने भित्रिनेको संख्या ७० हजारमात्र रहेको ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी श्यामकृष्ण आधिकारीले जानकारी दिएका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबारदेखि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएकाे हाे । एसएसपी श्यामकृष्ण आधिकारीले भने ,“ दुई हजार ३९ वटा गाडीलाई आज हामीले कारबाही गरेका छौँ, सावा दुई लाख यात्रु बाहिरिएका छन् भने दुई-तीन दिनमा ७० हजार यात्रु मात्र उपत्यका भित्रिएका छन् ।”
त्रिपुरेश्वर चोकमा राखिएको ट्राफिक प्रहरीको चेक पोष्टमा प्रहरीले सबै सवारी साधन रोकेको थियो भने परिचय पत्र बोक्ने चालक र अत्यावश्यक सवारी साधनलाई चल्न दिइएको उनले बताएका छन् । विमानस्थल जाने यात्रु चढेका सवारी साधनलगायत निषेधाज्ञामा खाद्यन्न, औषधि, दूध, पानी, तरकारी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सवारी साधन मात्र चल्न दिइएको उनको भनाई छ । नागढुंगा नाकामा पनि अत्यावश्यक सवारी साधनदेखि जिल्लाबाट आएका सार्वजनिक साधन काठमाडौं प्रवेश गरेका छन् ।
उपत्यका प्रवेशका लागि शुक्रबारदेखि कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिने भएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गरिने जानकारी दिए। उनका अनुसार पास वितरणमा पनि कडाइ गर्ने तयारी रहेकाे छ। स्थानीय प्रशासनहरूले सरकारी सवारी साधनमा जोरबिजोर लगाउने तयारी पनि गरेकाे जनाएका छन्। यसका साथै काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारी साधनले पनि अनुमती पाउने छैनन् भने रात्रि बस नपठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको उनले जानकारी गराए ।
प्रतिकृया